पशुतिनाथ, बौद्ध, चावहिल पुस्तीका बुकलेट सार्वजनिक

काठमाडौं । पशुपतिनाथदेखि चावहिल र बौद्धसम्मका मठ, मन्दिर, गुम्बा, चैत्य विहारलगायतका सांस्कतिक सम्पदा र सो क्षेत्रमा मनाइने विविध महत्वका जात्रा÷पर्वबारे जानकारी दिने पुस्तक “पशुपतिनाथ, बौद्ध–चावहिल” पुस्तिका लोकार्पण गरिएको छ ।
नयाँ वर्ष २०८२ को सन्दर्भमा काठमाडाँै महानगर वडा –७ द्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा डा. गौरीशब्करलाल दासले पशुपतिनाथ, बौद्ध, चावहिल पुस्तिकाको लोकार्पण गरेका हुन् ।
एकसय एक वर्ष पुगिसक्नुभएका डा. दासले लेखक श्रेष्ठको पुस्तिकाले सनातन हिन्दु , बौद्ध धर्मसँग सम्वन्धीत सम्पदा र अमूर्त सम्पदाको रुपमा रहेका जात्रा÷पर्वका बारेमा वृस्तीत रुपमा लेखेर पाठक तथा सो क्षेत्रका भ्रमण गर्न चाहनेहरु लागि समेत गुण लगाएको बताए।
प्रदेशसभा सदस्य बाग्मती प्रदेश तथा सार्वजनिक लेखासमिति सभापति श्रीराम लामिछानेले वरिष्ठ व्यक्तित्व डा. गौरीशब्कर लाल दासको हातबाट लोकार्पण भएको सो पुस्तिकाले सो क्षेत्रका धर्म, संस्कृतिका बारेमा जानकारी दिन सफल भएको बताए।
महानगर वडा–७ का अध्यक्ष विमल कुमार होडाले नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य गर्दै यस पुस्तकले पशुपतिनाथ क्षेत्रदेखि बौद्ध, चावहिल क्षेत्रका धार्मिक सम्पदाको प्रचारमा योगदान पुग्ने बताए ।
उनले पुस्तकले धार्मिक÷सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने बताए । लेखक पदम श्रेष्ठले पशुपतिनाथ, बौद्ध महाचैत्य र चावहिल धन्दो चैत्यलाई एकसाथ सुवर्णपुरी सम्पदा क्षेत्रका नामले सम्बोधन गरिने भएकाले यसलाई समेटेर सो पुस्तिका लेखिएको बताए ।
उनले पुस्तिका प्रकाशन सहयोग गर्नुहुने छोर्तेन मासिकका सम्पादक प्रकाशक विरबहादुर वाईवा, प्रकाशक छोरबान महिला समाजकी अध्यक्ष माया तामाब र कामपा ६, ७, ८ का सबै सदस्यलगायतलाई समेत कृतज्ञता व्यक्त गरे ।









युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया