चिनले लगायो बोइङ जेटवाट डेलिभरी र समान खरिदमा प्रतिबन्ध

बेइजिङ। चीनले आफ्ना एयरलाइन्स कम्पनीहरूलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट नयाँ विमानको डेलिभरी नगर्न निर्देशन दिएको छ।
ब्लूमबर्गको रिपोर्टका अनुसार बेइजिङले अमेरिकामा बनेका विमानका पार्टपुर्जा र उपकरणको खरिद रोक्न पनि आदेश दिएको छ। अमेरिकाको १४५ प्रतिशत ट्यारिफको जवाफमा चीनले यो आदेश जारी गरेको हो ।
बोइङ एयरप्लेन एक अमेरिकी कम्पनी हो, जसले हवाइजहाज, रकेट, स्याटेलाइट, दूरसञ्चार उपकरण र मिसाइलहरू निर्माण गर्दछ। कम्पनी विलियम बोइङ द्वारा १५ जुलाई १९१६ मा स्थापित भएको थियो।
धेरै देशका एयरलाइन्स कम्पनीहरूले बोइङले बनाएका विमानहरू प्रयोग गर्छन्। बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यातक हो र विश्वको तेस्रो ठूलो रक्षा सम्झौता निर्माता पनि हो।
अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । चीनले चिनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र क्षेप्यास्त्रहरू सम्मिलित गर्न आवश्यक म्याग्नेटको ढुवानी पनि रोकेको छ।
यी सामग्रीहरू अटोमोबाइल, सेमी कन्डक्टर र एयर स्पेस व्यवसायहरूको लागि धेरै महत्त्वपूर्ण छन्। यो निर्णयले विश्वभरका मोटर वाहन, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ। यी निकै महँगो पनि हुनेछन्। अप्रिल ४ मा चीनले यी ७ बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो ।
अब यो आदेश अनुसार यी बहुमूल्य धातुहरू र तिनीहरूबाट बनाइएका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीन बाहिर पठाउन सकिन्छ।
















विद्युत् चुहावट हुँदा बुढानीलकण्ठमा आगलागी
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया