पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय ६६ जनाले लिए सेवा

काठमाडौँ। कामना न्यूज पब्लिेसन्स् प्रा.लिका संस्थापक तथा वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल श्रेष्ठको छैटौँ स्मृतिमा बिहीबार नि: शुल्क आखाँ शिविर सम्पन्न भएको छ।
कामना न्यूज पब्लिकेसन्स्का प्रा.लि र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोग र द रोलिङ स्टोन्स् स्कुलको सहकार्यमा काठमाडौंको भीमसेनस्थानमा सो शिविर सञ्चालन भएको हो।
शिविरको शुभारम्भ गर्दै कामना न्यूज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले स्वर्गीय श्रेष्ठको समग्र योगदान, जीवन मूल्यलाई जिवित बनाइराख्न शाखाको अगुवाईमा वर्षभरि विविध गतिविधि भइरहेको बताए । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको पनि उनको भनाइ थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले स्वर्गीय श्रेष्ठको स्मृतिमा आँखा शिविर कार्यक्रम राखेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा हुने यस्ता कार्यक्रममा महासंघले पनि सघाउने प्रतिबद्धता व्यक्त गरिन्।
समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले स्वर्गीय श्रेष्ठले पत्रकारिता क्षेत्रमा देखाएको बाटोमा हिड्न नेपाली पत्रकारहरु तयार रहेको बताउँदै उहाँको स्मृतिमा भएको आँखा शिविरले उहाँको योगदानलाई सदैव स्मरण राख्ने बताइन् ।
यसै गरी,नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले स्वर्गीय श्रेष्ठ आधुनिक पत्रकारिताको एउटा धरोहरका रुपमा रहेको उल्लेख गर्दै उहाँबाट व्यावसायिक पत्रकारिताको मूल्य र मान्यता सिक्नुपर्नेमा जोड दिए। स्वर्गीय श्रेष्ठ कै सोच, मूल्यमा कामना न्युज प्रकाशन अघि बढीरहेको पनि उनको भनाई थियो।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिनाले मुलुकको राजनीति र राज्यलाई सही ट्रयाकमा ल्याउन पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन् । सञ्चार जगत भनेको सिद्धान्ततः राज्यको प्रतिपक्ष हुनुपर्नेमा स्वर्गीय श्रेष्ठले जीवन पर्यन्त जोड दिनुभएको स्मरण गर्दै अध्यक्ष तिमल्सिनाले सो कुरा अहिलेका पत्रकारहरुले व्यवहारमा आत्मसात गर्दै अघि बढ्नुपर्ने खाँचो औँल्याइन्।
कामना न्यूज पब्लिकेसन्स्का प्रा.लि र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघको चस्मा सहयोग र द रोलिङ स्टोन्स् स्कुलको सहकार्यमा काठमाडौंको भीमसेनस्थानमा सो शिविर सञ्चालन भएको हो।
२ सय ६६ जनाले लिए सेवा
नि:शुल्क आखाँ शिविरबाट २ सय ६६ जनाले सेवा लिएका छन् । जसमा ६ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने नेपाल आँखा अस्पतालकी डा. आरजु लौडारीले जानकारी दिइन्। जसमध्ये १९ जनालाई थप उपचारका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा रिफर गरिएको छ। शिविरमा ७० जनाभन्दा बढीलाई नि: शुल्क चस्मा र औषधि वितरण गरिएको नेपाल आंखा अस्पतालका शिविर संयोजक राम केसीले बताए । शिविरमा सहभागी मध्ये शल्यक्रिया गर्नुपर्ने बिरामीलाई नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा सहुलियतमा उपचार गरिने उनले बताए। दुई संस्थाबीचको सम्बन्ध प्रगाढ बनाउँदै आगामी दिनमा पनि आंखा शिविरलाई निरन्तरता दिने उनले बताए ।
शिविरमा डा. आरजु लौडारीसहित राम केसी, दिवाकर पौडेल,रञ्जना पुलामी मगर, नुमा राई,नागेन्द्र चौधरी, प्रविना घटानी, प्रतिष्ठा अवस्थीलगायतले सेवा दिएका थिए।
उक्त शिविरमा दुई वर्षको नाबालकदेखि वयोवृद्धसम्मले सेवा लिएका थिए।
प्रतिक्रिया