सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई

काठमाडौँ। ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरे ।
यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु २० हजार रहेको छ ।
सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टिभीमा कार्यरत छन् । पुरस्कारको राशि १० हजार रहेको छ ।
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गरे ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया