आइतबार, वैशाख ७, २०८२

नेपालकै ठूलो बस व्यवसायी समितिलाई भल्वो आइसरको म्याजेस्टिक हस्तान्तरण

मेरोन्यूज २०८२ वैशाख ७ गते १५:१८

काठमाडौं। लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस ‘म्याजेस्टिक’ ग्राहकलाई हस्तान्तरण गरिएको छ ।

नेपालकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रालिको महत्वपूर्ण भागको रुपमा रहेका मुन एयरबस, देवराज ट्राभल र टाइम ट्राभललाई हस्तान्तरण गरेको हो ।

बुटवलको कालिकानगरस्थित दियालो फुडल्यान्डमा आयोजित एक कार्यक्रममा बतास एमएडब्लु कमर्सियल भेइकल्सले १२ युनिट बस च्यासिस ग्राहकलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बस व्यवसायीका साथै बतास एमएडब्लुका प्रतिनिधिहरु र अन्य महत्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भल्वो आइसरको एड्भान्स्ड इन्जिनियरिङद्वारा निर्मित म्याजेस्टिक १२ मिटर कम्फर्ट, पर्फमेन्स र विश्वसनियताका लागि प्रतिबद्ध हुनुका साथै यसले प्रिमियम बस सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।

एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले ग्राहकलाई बसको चावी हस्तान्तरण गरेका थिए । चावी हस्तान्तरण गर्दै पुराणिकले म्याजेस्टिकको सुपेरियर क्वालिटी र बेस्ट–इन–क्लास माइलेजका कारण हेभी कमर्सियल बसको नेपाली बजारमा यसको माग तीव्र रुपमा बढिरहेको बताए । आफूहरुलाई गरेको विश्वासका लागि उनले पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई धन्यवाद समेत दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बसको बिल्ड क्वालिटीका साथै कम्पनी फिटेड एसी र लुब्रिकेटेड–फर–लाइफ प्रोपेलर साफ्ट लगायतका आकर्षक फिचर व्यवसायीहरुका लागि महत्वपूर्ण रहेको बताए । विश्वसनियता र दीर्घकालीन मूल्यको आधारमा यसले देशभरका व्यवसायीका लागि एउटा बेन्चमार्क स्थापित गर्ने उनले विश्वास व्यक्त गरे ।

भल्वो आइसरको सो म्याजेस्टिक १२ मिटरमा १९२ एचपी इन्जिन रहेको छ, जसले ७१५ एनएम टर्क जेनेरेट गर्छ । यसकारण यसको तनाई क्षमता अतुलनीय रहेको छ । यसमा भएको ४२५ लिटरको ठूलो इन्धन ट्यांकीका कारण लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झट हुँदैन ।

यसमा फ्याक्ट्रीमै फिट गरिएको एसी कम्प्रेसर छ भने लुब्रिकेटेड–फर–लाइफ प्रोपेलर साफ्ट छ, जसले गर्दा मर्मत खर्च कम हुनुका साथै बिग्रिने सम्भावना पनि कम हुन्छ । डोमेक्स च्यासिस, ठुलो डायमिटर क्लच र फ्रन्ट वेभलर सस्पेन्सन लगायतका फिचरले यसलाई अझ शक्तिशाली कम्पनीको दाबी छ ।

६० हजार किलोमिटरको सर्भिस इन्टरभल, सेगमेन्टमै बेस्ट माइलेज र नेपालभर रहेको बेस्ट–इन–क्लास आफ्टर सेल्स सपोर्टका कारण लामो दुरीको यात्रा लक्जरियस रुपमा गर्नका लागि यो बस निकै नै उपयुक्त हुने कम्पनिकाे भनाइ छ ।

प्रतिक्रिया