मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा
मेरोन्यूज
२०७८ वैशाख २० गते ११:२५

मकवानपुर । मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा १० स्थानीय तह छन् । यही वैशाख १७ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन भने अत्यावश्यक उपभोग्य वस्तु खरीदका लागि बिहान ५ः०० देखि ९ः०० बजेसम्मको समय तोकिएको छ । रासस
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया