पोप फ्रान्सिसको निधन

काठमाडौं । पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ ।
भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ।
‘उनको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो,’ कार्डिनल फारेलले भने ।
विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन्र ।
डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्।
हजारौं उपासकहरूलाई‘ ह्याप्पी ईस्टर’ को शुभकामना दिन सेन्ट पिटर स्क्वायरमा देखा परेको एक दिन पछि उनको मृत्यु भएको हो ।
फ्रान्सिसको पोपसीले क्याथोलिक चर्चमा सुधारहरू शुरू गरेका थिए, उनी परम्परावादीहरूका बीचमा निकै नै लोकप्रिय रहेका थिए ।
उनी अमेरिका वा दक्षिणी गोलार्धबाट पहिलो पोप हुन । सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन् ।
उनी सेन्ट पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि हुन । जेसुइटहरूलाई ऐतिहासिक रूपमा रोमद्वारा शंकाको नजरले हेरिने गरिन्छ ।
अर्जेन्टिनाका कार्डिनल बर्गोग्लियो रूपमा उनको प्रख्याती थियो, जब आफ्नो सत्तरी बर्षको उमेरमा उनी सन २०१३ मा पोप बनेका थिए।
प्रतिक्रिया