दानव नदिमा बेपत्ता २ बालकको शब सशस्त्रको गोताखोरले निकाल्यो
मेरोन्यूज
२०८२ वैशाख ९ गते ९:१७

सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका- २ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शब सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार बिहान निकालेको छ ।सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

उनिहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बांके बाट गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थान बाट २ बालकको शब फेला पारेको हो । बेपत्ता मध्ये १४बर्षका राज यादबको शब भने सोमबार सांझ फेला परेको थियो ।

सम्बन्धित









सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया