मंगलबार, वैशाख ९, २०८२

सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई सांसद फर्किए एमालेमै (वक्तब्यसहित)

मेरोन्यूज २०७८ वैशाख २० गते १२:२७

काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसद मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन गदै एमालेमै फर्किएका छन् । सूर्य चिन्हबाट चुनाव जितेका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै फर्किएको वक्तब्य जारी गरेका छन् ।

कपिलबस्तु २ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले आज विहान विज्ञप्ति जारी गदैं आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहने वताएका छन् ।

यस अगाडी हिजो मात्रै दुवै सांसदले विपक्षी गठवन्धनमा सहभागी भएर माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया