पहिरोले अवरुद्ध कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

किमाथांका ।उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ ।
पहिरो हटाएपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान ६ः३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
खाँदबारी–भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो ।
सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारिसाधन आवतजावत गर्ने गरेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया