१६ वर्षकै उमेरमा डिभोर्स भयाे, जीवनमा धेरै पाठ सिकेँ : मिस पबी

काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पबी)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् ।
एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् ।
‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ,’ उनले कार्यक्रममा भनेकी छन् ।
कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको थियो, सक्कियो । यसमा पछुतो छैन’ उनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ । लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ ।’
आफ्नाे बच्चा उमेरमै डिभोर्स भएको र अहिले बुझ्ने भएको उनको भनाइ छ । ‘अहिले म २५ वर्षकी भएँ । अहिले धेरै कुरा बुझेजस्तो लाग्छ । त्यतिबेला नबुझेजस्तो । कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ । जुन समाजबाट म आएकी छु, त्यहाँ त्यसरी हेरिन्छ’ मिस पविले भनिन् ।
यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया