श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उप्रमुखबीच श्रम सम्झौतालागि छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ ।
शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने बिषयमा द्धिपक्षीय छलफल भएको हो ।
उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएको हुँदा द्धिपक्षीय श्रम सम्झौताका लागि प्रकृया अगाडि बढाउन चाहेको मिसन उप्रमुख मेसिनोभिकले प्रस्ताव अगाडि सारेका थिए ।
छलफलमा मन्त्री भण्डारीले पच्छिलो समय युरोपका विभिन्न देशहरुसँग नेपाली श्रमिकहरुका लागि कामदार लैजाने सम्बन्धमा द्धिपक्षीय श्रम सम्झौता तथा गृहकार्यहरु अगाडि बढी रहेको बताउँदै बोस्निया पनि नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको रुपमा नेपाल सरकार श्रम सम्झौता गर्न तत्पर रहेको बताउँदै द्धिपक्षीय सम्झौताका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले, नेपाली श्रमिकहरुलाइ आवश्यक तालिम प्रदान गरी दक्षजनशक्तिको रुपमा वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालय लागि परेको जानकारी दिँदै बोस्नियाका लागि आवश्यकताको आधार दक्षजनशक्ति माग भए सोही अनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाउने बताए ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया