कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेज माया र भाई बलराम डङ्गोललेपार्थिव शरीरमा दागबत्ती दिए।
अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका काठमाडौँ नगर पञ्चायतका पूर्वउपप्रमुख डङ्गोलको गए राति ७७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भयो ।
नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाउनुभएका डङ्गोल विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौँको आन्दोलन उहाँकै नेतृत्वमा भएको थियोे । उहाँ विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो ।
त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराल र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गरे। डङ्गोलका सहयात्री र शुभेच्छुकले उनी निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिएका छन् ।
उनका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेताहरुलाई पटक–पटक सचेत गराएको स्मरण गराए। राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिए ।










एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया