भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।
भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ ।
इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।
भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठूलो खोजी अभियान सुरु गरेका छन् र प्रहरीले फरार बन्दुकधारीहरू मध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ ।
भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ ।
“(हाम्रा) आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए”, भारतीय सेनाले भनेको छ ।
पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन ।
आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ ।
जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ताकि मुद्दाहरू ‘अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकियोस् ’।










कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया