बुधबार, फागुन २७, २०८२

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

मेरोन्यूज २०८२ वैशाख १४ गते १७:३७

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका मोटरसाइकल र स्कूटर पारखीहरूका लागि नयाँ तथा रोमाञ्चक एक्सचेन्ज अफर घोषणा गरेको छ। कम्पनीले आजदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा यो आकर्षक अफर लागू हुने जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

यामाहा ब्लु फेस्टको भव्य सफलतापछि पुनः ग्राहकहरूलाई उत्साह र नविन अवसर दिन कम्पनीले एक्सचेन्ज योजना ल्याएको हो। यो सीमित अवधिको अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना दुईपांग्रे सवारी साधनमा न्यूनतम २५,००० रुपैयाँको भ्यालुएसन प्राप्त गर्न सकिनेछ। साथै, थप १०,००० रुपैयाँ अतिरिक्त भ्यालुएसनको सुविधा पनि प्रदान गरिनेछ।

ग्राहकहरूले धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् भने केवल ७.९९ प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ यामाहा सवारी साधन किन्न सक्नेछन्। साथै, अफर अवधिभर १ लाख रुपैयाँसम्मको निश्चित छुट तथा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता आकर्षक निःशुल्क एसेसरिजहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया