‘समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ’

कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
धनगढीस्थित अर्थ मन्त्रालयमा मगलबार भएको छलफलमा उहाँले प्रदेशमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, मुक्त हलियालगायत सबैको अधिकार सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताए ।
कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत मुक्त कमैया, कम्लरी र हलिया पुनस्र्थापनाका सवाल सम्बोधन गर्न आवश्यक पहल गरिने बताए ।
“ नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी समुदायको दिगो पुनःस्थापनका लागि निर्माण गरेको कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सोअनुसार काम गर्न केही न केही कार्यक्रम अगाडि बढाउँछौँ”, उनले भने ।
कार्यक्रममा अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमले पनि सरकारले मुक्त घोषणा गरेका समुदायका सवालमा आफूहरू गम्भीर रहेको बताए ।
कार्यक्रममा मुक्त कमैया, कम्लरी र हलिया अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिले पुनस्र्थापनाको सवाल सम्बोधनका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।










एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
प्रतिक्रिया