नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने
मेरोन्यूज
२०८२ वैशाख १७ गते १५:४६

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएकोछ ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिए पछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।
सो पार्टीवाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ ।
सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनवाट पक्राउ गरेको हो । उनी तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि रिहा भएका थिए ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया