लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक आठ दशमलव १४ अंकले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता सेयर ७९ हजार सात सय ७७ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ६१, लघुवित्त शून्य दशमलव शून्य चार, म्युचुअल फण्ड शून्य दशमलव २३ र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ७०, विकास बैंक एक दशमलव शून्य छ, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ५० र लगानी शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, निर्जीवन बिमा शून्य दशमलव १८ र अन्य समूह एक दशमलव १६ प्रतिशतले घटेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ५८ करोड चार लाख २४ हजार चार सय २१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको १४ लाख ४२ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।














राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया