लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक आठ दशमलव १४ अंकले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ कित्ता सेयर ७९ हजार सात सय ७७ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ३७ करोड ४१ लाख २२ हजार छ सय ५५ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ६१, लघुवित्त शून्य दशमलव शून्य चार, म्युचुअल फण्ड शून्य दशमलव २३ र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ७०, विकास बैंक एक दशमलव शून्य छ, वित्त एक दशमलव २४, होटल तथा पर्यटन शून्य दशमलव ५० र लगानी शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, निर्जीवन बिमा शून्य दशमलव १८ र अन्य समूह एक दशमलव १६ प्रतिशतले घटेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ५८ करोड चार लाख २४ हजार चार सय २१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको १४ लाख ४२ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भएको छ ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया