रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा
मेरोन्यूज
२०८२ वैशाख १९ गते १०:३९

गण्डकी । रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो । नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण पालिकाले गर्न सक्ने व्यवस्था छ ।
रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा छवटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/८० मा १२ वटा र आव ०८०/८१ मा नौवटा मुद्दा दर्ता भएका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्ध विच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन् ।
सम्बन्धित
















वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया