शनिबार, वैशाख २६, २०८३

सरकारले ‘कमाउँदै–पढ्दै’ को नीति लागु गर्ने

मेरोन्यूज २०८२ वैशाख १९ गते १७:१२

काठमाडौं । सरकारले ‘कमाउँदै–पढ्दै’को नीति लागु गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै–पढ्दैको नीति लागु गर्ने बताए । 

Advertisement
NiccNicc

स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालयहरू खोलिने जनाइएको छ । 

निजी विद्यालयका लागि राष्ट्रिय नियमन मापदण्ड जारी गर्ने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने, विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्ने, शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने तथा शिक्षक किताबखानाका काम प्रणालीगत रूपमा क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया