बुधबार, फागुन २७, २०८२

पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

मेरोन्यूज २०८२ वैशाख २२ गते ८:१२
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

काठमाडौं । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ ।
‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दिपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’

बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतवाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतवाट मात्रै २५ हजार ९३३, अमेरिकावाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।

साथै, उत्तरी छिमेकी मुलुकवाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने  बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।

पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना बिभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।
 

प्रतिक्रिया