मंगलबार, चैत १७, २०८२

इन्डियन आइडल विजेता पवनदीप कार दुर्घटनामा गम्भीर घाइते, आइसियुमा उपचार हुँदै

मेरोन्यूज २०८२ वैशाख २२ गते १७:५१

काठमाडौं । इन्डियन आइडल-१२ का विजेता पवनदीप राजन सवार गाडी उत्तर प्रदेशको अमरोहामा दुर्घटनाग्रस्त भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप सवार कार दुर्घटना भएको हो। घटना आइतबार राति करिब २:३० बजे गजरौला प्रहरी चौकी क्षेत्रको राष्ट्रिय राजमार्ग-९ मा रहेको सीओ कार्यालय अगाडि भएको हो।

दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र चालक राहुल सिंह बौहर पनि घाइते भएका छन्। तीनै जना उत्तराखण्डको चम्पावतका बासिन्दा हुन्।

प्रहरीका अनुसार चालकलाई निद्रा लागेपछि तीव्र गतिमा रहेको कार सडकको छेउमा पार्क गरिएको क्यान्टरसँग ठोक्किएकाे थियाे।

गम्भीर घाइते भएका पवनदीपलाई उनको परिवारले नोएडाको फोर्टिस हस्पिटलमा भर्ना गरेका छन्। यतिबेला उनी आइसियुमा छन्। उनको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ। चालकको स्थिति पनि गम्भिर रहेको बताइएको छ।

प्रहरीका अनुसार पवनदीप चालकको छेउको सिटमा बसिरहेका थिए। उनका साथी अजय मेहरा भने पछाडिको सिटमा बसिरहेका थिए।

प्रतिक्रिया