इन्डियन आइडल विजेता पवनदीप कार दुर्घटनामा गम्भीर घाइते, आइसियुमा उपचार हुँदै

काठमाडौं । इन्डियन आइडल-१२ का विजेता पवनदीप राजन सवार गाडी उत्तर प्रदेशको अमरोहामा दुर्घटनाग्रस्त भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप सवार कार दुर्घटना भएको हो। घटना आइतबार राति करिब २:३० बजे गजरौला प्रहरी चौकी क्षेत्रको राष्ट्रिय राजमार्ग-९ मा रहेको सीओ कार्यालय अगाडि भएको हो।
दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र चालक राहुल सिंह बौहर पनि घाइते भएका छन्। तीनै जना उत्तराखण्डको चम्पावतका बासिन्दा हुन्।
प्रहरीका अनुसार चालकलाई निद्रा लागेपछि तीव्र गतिमा रहेको कार सडकको छेउमा पार्क गरिएको क्यान्टरसँग ठोक्किएकाे थियाे।
गम्भीर घाइते भएका पवनदीपलाई उनको परिवारले नोएडाको फोर्टिस हस्पिटलमा भर्ना गरेका छन्। यतिबेला उनी आइसियुमा छन्। उनको बायाँ खुट्टामा र दायाँ हातमा चोट लागेको छ। चालकको स्थिति पनि गम्भिर रहेको बताइएको छ।
प्रहरीका अनुसार पवनदीप चालकको छेउको सिटमा बसिरहेका थिए। उनका साथी अजय मेहरा भने पछाडिको सिटमा बसिरहेका थिए।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया