स्वर्गीय नेपाललाई पशुपति लगियो

काठमाडौँ । मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ ।
पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उनको अन्त्यष्टि गरिनेछ । यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले) भित्र निर्णायक र प्रभावशाली थिए । राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थियो । उनी आख्यानकार, कवि र उपन्यासकार थिए ।
उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्याएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया