आइतबार, पुष १३, २०८२

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित

मेरोन्यूज २०८२ पुष १२ गते २०:५१

आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३, ३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् ।  प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ  ।

आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ म भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ उमेर पुरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ । 

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावलीको वेबसाइट www.election.gov.np मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया