काठमाडौँमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडौँ। काठमाडौँमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू— हारु, मियानो, कानाको, माईको र ओकीलाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ।
Pop Up Nepal Pvt. Ltd. द्वारा प्रस्तुत र Pretty Nails तथा The Nail Studio by Sirap द्वारा आयोजित यस सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई विश्वस्तरीय प्रवृत्ति र प्रविधिबाट सशक्त बनाउनु थियो।
जापानी विशेषज्ञहरूको प्रत्यक्ष मार्गदर्शनमा सेमिनारमा जापानी नेल आर्ट शैलीको विस्तृत परिचयसँगै, सहभागीहरूले सफाइका मिहिन अभ्यासहरू, डिजाइनको सूक्ष्म तरिकाहरू र जटिल हस्तनिर्मित नेल स्टिकरहरू बनाउने सीपहरू सिके। तालिममा नेल तयारी, उपकरणहरूको स्याहार, डिजाइनको आधारभूत सीपदेखि लिएर उन्नत कार्यशालासम्म समेटिएको थियो।
अनु अमात्य, सिरापा तुलाधर र कपिल उप्रेतिको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले ज्ञान आदान–प्रदानका साथै सांस्कृतिक सम्वादको सेतुको रूपमा पनि काम गर्यो।
यस कार्यक्रममा Ayo (राइडिङ पार्टनर), MoleTole (फूड पार्टनर) र Prettyclick को विशेष सहयोग रहेको थियो।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया