जागिरको प्रलोभन दिएर भारततर्फ दुई युवती लजाने बिरगञ्जमा पक्राउ

काठमाडौं ।राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई बिरगंज स्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले न्युज कारखाना लाई बताएका छन्।
वीरगञ्ज शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलवार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
दुबैजना युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगंजमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका भुजेलले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको एसपी मिश्राले आज सार्वजनिक गरेका छन्।
आरोपी रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्साल द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया