साउदी लिगमा अल नासर पराजित
मेरोन्यूज
२०८२ वैशाख २५ गते ८:३२

रियाद। साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।
गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।
अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल फर्काउन सफल भएका थिए ।
यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २–० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको हाे ।
यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबाट ६० अंकसहित चौथो स्थानमा रहेको छ ।
सम्बन्धित















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया