१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

इस्लामवाद।जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् ।
काश्मिरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् ।
बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मे ७ को रातमा भारतले गरेको ‘अपरेशन सिन्दूर’ पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले भने, “बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,” अन्तर्राष्ट्रिय आतंकवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न।’ उनले यो भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन्।
५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा रहेका छन । भारतमा धेरै आतंकवादी हमलाको योजनामा संलग्न रहेको उनी माथी आरोप छ।
जसमा मुख्यतया २००१ को भारतको संसदमा हमला, २००८ को मुम्बई हमला, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा हमलालगायतमा उनको सहभागिगता रहेको जनाउँदै आइएको छ। यी अन्तराष्ट्रिय आतंकवादी पाकिस्तानमा रहेको कुरा ‘ओपन सेक्रेट’ भए पनि इस्लामाबादले बारम्बार उनीबारे कुनै जानकारी नभएको कुरा अस्वीकार गर्दै आएको थियो ।
‘आज राती, मेरो परिवारका दस सदस्यहरू सँगै यो खुशीको साथमा आशिष् पाएका छन । यसमा पाँच निर्दोष बच्चाहरू, मेरी जेठी बहिनी, उनको आदरणीय पति, मेरो विद्वान भतिजा र उनी पत्नी र मेरो प्यारो विद्वान भाञ्जी, मेरो प्यारो भाइ हुजैफा र उनकी आमा, दुई अन्य प्रिय साथीहरूले सहादात प्राप्त गरेका छन्, उनीहरूलाइ अल्लाहले बोलाउनु भएको छ,’ उनले भने ।
















राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया