सोमबार, फागुन २५, २०८२

गोदावरी नगरपालिकामा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रणको सुरुवात

मेरोन्यूज २०८२ वैशाख २५ गते १७:४०

ललितपुर। ललितपुरस्थित गोदावरी नगरपालिकाले जैबिक प्रबिधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ।

Advertisement
nepal life insurencenepal life insurence


आज गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी मयर गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिका २ नं वडाका वडा अध्यक्ष मनोहर सिलवाल, कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ्ग, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, वडाका पुर्व वडा अध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मेयर गजेन्द्र महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधाननै अन्तराष्ट्रिय स्तरमा बढी प्रभाबकारी देखिएको बताए ।

उनले यस स्थानमा जैबिक प्रबिधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएका पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग बिस्तार गरिदै जाने कुरा उल्लेख गरे ।

वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रबिधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभाबकारी सिद्ध भएको प्रबिधि हुदा यसले प्रभाबारी कार्यगर्नेकुरा उल्लेख गरे ।

उनले सँयुक्त राष्ट्रसँघले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो महत्व र योगदान रहेको कुरा बताए ।

उनले गोदावरी नगरपालिकाले बातावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपुर्ण कार्य गर्दै आएको कुरा उल्लेख गरे ।

पालिका हरित पुर्वाधारतर्फ अग्रसर रहेको बताए ।

हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने कुरा उल्लेख गरे ।

गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राबिधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो ।

काठमाडौँ उपत्यकामा पछिल्लो समयमा पहिरोको प्रकोप बढदै गएको छ ।

अघिल्लो बर्षको अत्याधिक बर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षती भएको थियो।

प्रतिक्रिया