बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार
मेरोन्यूज
२०८२ वैशाख २५ गते १९:२१

कास्की । हावाहुरीले बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको उद्धार गरिएको छ ।
बिहीबार फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो ।
बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिँदा ७ जना फेवातालमा फसेका थिए । उनीहरूको उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारपछि एक जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको छ ।
सम्बन्धित









कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया