यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली। यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा ६० करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ४५ करोड ७५ लाख ७३ हजार रुपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट सात हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड १० लाख ५६ हजार रुपैयाँ, रुटपरमिट, प्रदूषण, पटके अन्य देशका सवारीबाट उठाइएको बाट ९० लाख ७८ हजार रुपैयाँ तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १२ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा ५६ करोड २८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा चार करोड ६१ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।
कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम एक लाख १९ हजार रुपैयाँ रहेको थियो ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया