पाकिस्तानले उच्च गतिको मिसाइल प्रयोग गर्यो: भारतीय सेना

भारतीय सेनाले पाकिस्तानले उच्च गति (हाई स्पिड) को मिसाइल प्रयोग गरेको जनाको छ । पाकिस्तानसँगको जारी तनावका बीच भारतीय सेनाले प्रेस ब्रिफिङ आयोजना गरेको थियो ।
भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले शनिबार आयोजित प्रेस ब्रिफिङमा पाकिस्तानसँग सीमा जोडिएका स्थानमा भारतीय सेनाले गरेको जवाफी कारबाहीबारे उल्लेख गरिन् ।
‘पाकिस्तानी सेनाले पूरै पश्चिमी मोर्चामा आक्रामक गतिविधि जारी राख्यो । नियन्त्रण रेखामा ड्रोन घुसपैठ तथा भारी हतियारद्वारा गोलीबारी भयो,’ उनले भनिन्, ‘श्रीनगरलेखि नलियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास भयो । जसमध्ये अधिकांशलाई असफल बनाइयो ।’
उनले पन्जाबको सैन्य अड्डामा राति १:४० मा उच्च गति (हाई स्पिड) मिसाइल प्रहार भयो । उनले भारतले उक्त मिसाइल निष्क्रिय बनाएको बताइन् ।
भारत र पाकिस्तानबीच जारी तनावको बीचमा लगातार चौथो दिन विदेश सचिव विक्रम मिश्रीको साथमा भारतीय स्थल सनाकी कर्णेल कुरेशी तथा भारतीय वायु सेनाकी विङ्ग कमान्डर व्योमिका सिंहले प्रेस ब्रिफिङ गरे ।
प्रेस ब्रिफिङका क्रममा विदेश सचिव मिश्रीले भने- ‘पाकिस्तानको गतिविधि लगातार उक्साउने छ । भारतले उक्त उक्साहटको जवाफ दिएको छ ।’









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया