चैत महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
मेरोन्यूज
२०८२ वैशाख २८ गते १९:११

काठमाडौँ । एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह जनाएको हो ।
फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो ।
चालु आव ९ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५८ हजार २२ छ । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने २ लाख ४९ हजार ६ सय ५२ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया