विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
मेरोन्यूज
२०८२ वैशाख २९ गते १२:५८

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाएपनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
२०११ मा डेब्यू गरेका ३६ वर्षीय कोहलीले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।
‘इमानदारीताका साथ भन्नुपर्दा मेरो टेस्ट फर्म्याटको यात्रा यस्तो हुनेछ भन्ने मैले सोचेको थिइनँ,’ कोहलीले लेखेका छन्, ‘यसले मेरो पहिचान गर्यो, मलाई निखार्यो र मलाई यस्तो सबक सिकायो जो म जिन्दगीभर सम्झनेछु ।’
केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया