भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ
मेरोन्यूज
२०८२ वैशाख २९ गते १४:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले सुरुवातदेखि भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आफुहरुले आग्रह गरेको बताएका छन् । सोमबार २५६९औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले कुरा गर्दा लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको जिकिर गरे ।
“हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो,” उनले भने, “यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौँ ।”
ओलीले अझै पनि खचपचको अवस्था भने कायमै रहेको बताए । “उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि आरोपप्रत्यारोपको अवस्था छ,” उनले भने ।
सम्बन्धित
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया