गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणा : मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणाका स्रोत भएको बताएका छन्।
बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडलले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।
उनले भने,‘गौतमबुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति परिवार, समाज, देश, विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने मैले विश्वास लिएको छु।’
मुख्यमन्त्री कँडेलले शान्तिदूत गौतमबुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढीकरणमा सहयोग पुग्ने बताएका छन्।
बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै उनले एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया