सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
मेरोन्यूज
२०८२ जेठ १ गते १४:४५

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताए। सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उनले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए।
‘मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण हुन्छ,’ चालिसेले भने, ‘सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन। बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्।’
सम्बन्धित
















कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया