एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

विरगंज। जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाले देखिनै एसपी गौतम मिश्र कडा एक्सनमा उत्रिएका छन्।
उनको एक्सनले अपराधी र तस्कर माझ खैलाबैला मच्चिएको छ भने सानो अवधिमा प्रहरीले करोडौंको अवैध सामान बरामद भएको छ।
एसपी मिश्रको सक्रियता र कडा निर्देशनले पर्सा जिल्लामा प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको छ।
विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर लामो समय देखि फरार रहेका १९५ प्रतिवादीहरूलाई जिल्लाको बिभिन्न स्थानवाट पक्राउ गरिएको एसपी मिश्रले बताएका छन्।
फैसला कार्यान्वयन अभियान अन्तर्गत गत ३० गते उक्त प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड सजाय असुलको लागि बुधवार पर्सा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।
उनीहरूबाट कूल १ करोड १२ लाख ८० हजार ३३८ रुपैयाँ जरिवाना र ३८ वर्ष १ महिना ७ दिन बराबरको कैद सजाय असुलको लागी अदालतमा उपस्थित गराइएको छ।
एकै दिनमा १९५ फरार प्रतिवादी पक्राउ गर्न सफल हुनु पर्सा प्रहरीको लागी गर्बको अनुभूति गरिरहेको एसपी मिश्रले न्युजकारखानालाई बताए ।
एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी, लागुऔषध कारोवार, नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया