प्रतिनिधि सभाको विशेष अधिवेशन बस्नु अघि आज र भोलि पीसीआर परिक्षण

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवशेन बस्नु अघि आज र भोलि संघीय संसदसँग सम्वन्धित सबैको पीसीआर परिक्षण गरिंदै छ ।
संघीय संसद सचिवालयले संसदसँग सम्वन्धित सबैको पीसीआर रिक्षण्न गर्न लागेको हो ।
आज पहिलो दिन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उनीहरुको सचिवालयका कर्मचारी, दुबै सदनका सांसद, संसदका महासचिव, सचिव, कार्यव्यवस्था शाखा, सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, संसद सचिवालयका सबै कर्मचारीको पीसीआर परिक्षण गर्ने कार्यतालिका छ ।
यस्तै भोलि दोस्रो दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय रिपोर्टिङ गर्ने सञ्चारकर्मी, ट्राफिक, बम डिस्पोजल टिम र कुकुरबाट सुरक्षा जाँच गर्ने सुरक्षाकर्मीको स्वाब संकलन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
दुबै दिन विहान १० देखि ५ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा स्वाब संकलन गर्ने सचिवालयको सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेको उल्लेख गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले आगामी सोमबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।


















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
कांग्रेसले डाक्याे केन्द्रीय समिति बैठक
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया