क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चँुडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए।
“भम्का गाउँका करिब ३०० जनता लठ्ठा चँुडिएको झोलुङ्गे पुलबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्”, वडाध्यक्ष खड्काले भने, “पुल मर्मतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसम्म अनुरोध गरियो तर हालसम्म बन्ने सुरसार देखिएको छैन ।”
तीन सय मिटरभन्दा लामो पुल निर्माण तथा मर्मत कार्य सङ्घीय सरकारबाट हुने भएकाले सम्बन्धित निकायमा झोलुङ्गे पुलको आवश्यक जानकारी तथा स्थलगत प्रतिवेदन बुझाउने काम भए पनि मर्मतसम्भारको काम हुन नसकेको वडाध्यक्ष खड्काको भनाइ छ ।
झोलुङ्गे पुल मर्मत नहुँदा भम्का गाउँबाट वडाको केन्द्र कुसुम बैरिया बजार किनमेलका लागि आउने सर्वसाधारण र विद्यार्थीलाई समस्या भएको स्थानीय अगुवा नरेन्द्र कार्कीले बताए । भम्का पुल मर्मतसम्भारका लागि विभागले सम्बन्धित ठाउँमा गएर अनुगमन गरी प्रतिवेदन पेस गरिसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताए । प्रतिवेदन अर्थ मन्त्रालयमा पुगिसकेकाले अब छिट्टै बजेट निकासा हुने उनको भनाइ छ ।
















भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया