ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक

काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्स प्रा.लि.ले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म तदनुसार मे १५ देखि २४, २०२५ सम्म ‘ओमोडा इ(फाइभ’ र ‘जेइको जे(सिक्स’ मोडलहरूमा लागू हुनेछ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ ।
‘स्विच एन्ड ड्राइभ प्रि(बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा निःशुल्क १ वर्षको बीमा, एउटा निःशुल्क ७ किलोवाटको चार्जर, र ब्याट्रि र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि समावेश रहेको छ । ८० प्रतिशत फाइनान्सिङसहित मात्र ५५,९९,००० बाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ । जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।
नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रिबजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ । एसपिजि अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ । भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको छ । एसपिजि अटोमोबाइल्स, विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागू हुने अफरहरूको लाभ लिन आह्वान गर्दछ ।
एसपिजि अटोमोबाइल्स प्रा.लि.को बारेमा
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एन्ड जेइकोको नेपालकोलागि आधिकारिक वितरक हो । थप जानकारीका लागि एसपिजि अटोमोबाइल्सलाई सम्पर्क वा वेबसाइट https://www.omodajaecoonepal.com भिजिट गर्न सकिनेछ ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया