संसदका तीनवटा समितिको बैठक बस्दै ,शिक्षा समितिमा बिधालय शिक्षा बिधेयक माथी छलफल हुने

काठमाडौं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेश गरिनेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका काम कारवाही प्रगति एवं आगामी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
उता, दिउँसो १ः०० बजेवाट सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा भने ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल हुने जनाइएको छ ।
















अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया