अमेरिकाभन्दा भारतमा ९ गुणा बढी कोरोना संक्रमण पुष्टि

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा अमेरिकामा पुष्टि भएको नयाँ संक्रमितभन्दा ९ गुणा बढी देखिएको छ । भारतमा हिजो एकै दिन ३ लाख ८२ हजार ८४७ नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि हुँदा संसारमा सबैभन्दा धेरै संक्रमित भएको अर्को देश अमेरिकामा ४२ हजार ३५४ संक्रमित पुष्टि भएको छ ।
भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै पछिल्ला दिनमाहरूमा दैनिक करिब ४ लाख बराबरको नयाँ संक्रमित पुष्टि हुँदै आएको छ । गत ३ दिन लगातार नयाँ संक्रमित पुष्टि हुने क्रम कमी भइरहँदा मंगलबार पुनः नयाँ संक्रमित तीव्र रुपमा बढेको देखिएको छ ।
यस्तै, कोरोनाबाट ज्यान गुमाउने संख्या पनि लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा मात्रै ३ हजार ७८३ जनाले ज्यान गुमाएका छन् । यो एकैदिनमा कोरोनाबाट ज्यान गुमाउने संख्यामा सबैभन्दा धेरै हो । यसैगरि, पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार मानिस कोरोनाबाट मुक्त भएका छन् । यो पनि भारतमा एकैदिन निको हुने संख्याको रेकर्ड हो ।










कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
प्रतिक्रिया