टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ गतेदेखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं । नेपालमा टिभीएस सवारी साधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ। यहि जेठ ७ गतेदेखि १२ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने मेला अन्तर्गत उपभोक्ताहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी साधन लाभदायक अफरसहित खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि(बुकिङ गर्ने ग्राहकले रू। ५,००० बराबरको आकर्षक उपहार प्राप्त गर्नेछन्। मेलामा ग्राहकहरूले न्यूनतम मूल्याङ्कन रू। ३०,००० देखि सुरु हुने सुविधा प्राप्त गर्नेछन् भने सवारीको मूल्याङ्कन देशभरिका ५० भन्दा बढी रीकन्डिसन हाउसको सहकार्यमा गरिनेछ।
यसका अतिरिक्त, मेला अवधिभर ग्राहकहरूले नगद छुट रू. ८,००० सम्म, सवारीको थप मूल्याङ्कनमा रू. १०,००० सम्मको सुविधा तथा शून्य प्रतिशत ब्याजमा सवारी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। नयाँ सवारी खरिद गर्ने ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर, र रेनकोटसमेत निःशुल्क प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
मेला केवल अफरका लागि मात्र नभई सम्पूर्ण परिवारलाई लक्षित रमाइलो र मनोरञ्जनका गतिविधिहरूका लागि समेत आयोजना गरिएको बताइएको छ। आगन्तुकहरूका लागि लाइभ ब्यान्ड शो, स्टन्ट प्रदर्शन, टेस्ट राइड, गेम स्टल, प्ले एरिया, सौन्दर्य र फेसन ब्रान्डहरूको प्रदर्शनी तथा स्वादिलो परिकारको स्वाद लिने व्यवस्था गरिएको छ।















समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया