बिहीबार, जेठ ८, २०८२

एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?

मेरोन्यूज २०८२ जेठ ७ गते ११:२३

काठमाडौं । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हाे । याे सुन मंगलबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 

प्रतिक्रिया