बाढी अध्ययन गर्न काठमाडौंबाट गएको विज्ञ टोली सिमकोटमा
मेरोन्यूज
२०८२ जेठ ८ गते १३:२४

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित तिलगाउँमा एक्कासि आएको बाढीबारे काठमाडौंबाट गएको अध्ययन टोली सदरमुकाम सिमकोट पुगेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आज बिहानमात्र विज्ञ टोली पुगेको जानकारी दिए ।
“आज बिहान विज्ञ टोली आइपुगेको छ । केहीबेरैमै तिलगाउँ जाँदै हुनुहुन्छ,” पाण्डेले भने ।
जेठ १ गते हिमतालमुनि जमेको ‘लेदो बग्दा’ तिलगाउँको तिल्चुङ खोलामा बाढी आएको थियो । बाढीबाट २१ घरधुरीका ३३ जना प्रभावित बनेका थिए । उनीहरू पालमुनि बसिरहेकाे वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार घोडा, खच्चडबाट राहत सामग्री ओसार्ने काम भइरहेको छ ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया