बाढी अध्ययन गर्न काठमाडौंबाट गएको विज्ञ टोली सिमकोटमा
मेरोन्यूज
२०८२ जेठ ८ गते १३:२४

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित तिलगाउँमा एक्कासि आएको बाढीबारे काठमाडौंबाट गएको अध्ययन टोली सदरमुकाम सिमकोट पुगेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आज बिहानमात्र विज्ञ टोली पुगेको जानकारी दिए ।
“आज बिहान विज्ञ टोली आइपुगेको छ । केहीबेरैमै तिलगाउँ जाँदै हुनुहुन्छ,” पाण्डेले भने ।
जेठ १ गते हिमतालमुनि जमेको ‘लेदो बग्दा’ तिलगाउँको तिल्चुङ खोलामा बाढी आएको थियो । बाढीबाट २१ घरधुरीका ३३ जना प्रभावित बनेका थिए । उनीहरू पालमुनि बसिरहेकाे वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए । उनका अनुसार घोडा, खच्चडबाट राहत सामग्री ओसार्ने काम भइरहेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया