रुपन्देहीमा ‘एक घर, एक स्काउट’

काठमाडौं । तिलोत्तमामा बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एकहप्ते तालिम यहाँ सुरु भएको छ ।
बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य लीला गिरीले आफूसहित समाजलाई नैतिकवान् बनाउने कुरामा स्काउटले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘व्यक्ति नैतिकवान् र चरित्रवान् भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ ।’ कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पुर्याएर विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे ।
नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए। कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए।
कार्यक्रममा प्रा.डा. आरसी आचार्य, रुपन्देही व्यापार संघ कोषाध्यक्ष मणि खनाल, नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक सुशीलाकुमारी विष्ट, प्याब्सन पूर्वअध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्त्वमाथि प्रकाश पाएका थिए । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दीनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थभन्दा माथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए ।
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया