हाम्रो पे र नबिल बैंकबीच सहकार्य : अब मोबाइल बैंकिङबाट रकम लोड गर्न सकिने

काठमाडौं । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक बीच प्रयोगकर्ताहरूका लागि अब थप सुविधा हुनेगरि सहकार्य भएको छ । अबदेखि नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो ।
यो सुविधा अन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र ‘हाम्रो पे’ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ ।
हाम्रो पेमा नबिल बैंक लिङ्क गर्ने सुविधा पनि शीघ्र सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन् । यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउनेछ ।
त्यसबाहेक, नबिल बैंकका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिँदैछ । यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ ।
“हाम्रो उद्देश्य नेपाली प्रयोगकर्ताहरूको दैनिक भुक्तानी अनुभवलाई सरल, सुरक्षित र सर्वसुलभ बनाउनु हो। नबिल बैंकसँगको यो सहकार्य हाम्रो लागि डिजिटल नेपाल अभियानतर्फको एउटा महत्वपूर्ण पाइला हो,”हाम्रो पात्रोको संस्थापक शंकर उप्रेती भन्छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया