शनिबार, जेठ १०, २०८२

सर्वोच्चमा रविकाे रिटमाथि आज पनि सुनुवाइ

मेरोन्यूज २०८२ जेठ ९ गते ११:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

पटक पटक स्थगित हुँदै आएको रिटमा गत मङ्गलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको छ । बिहीबार रवि र छविका तर्फका अधिवक्ताहरूको बहस गरिसकेका छन् । सरकारी वकिलको बहस पनि सकिएको छ । आज जाहेरवालाको तर्फबाट बहस हुँदैछ । त्यसपछि जवाफी बहस हुनेछ ।

लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाएको हो । रविले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

प्रतिक्रिया