सलमानको घरभित्र छिरे अपरिचित व्यक्ति

बलिउडि अभिनेता सलमान खानको घरमा अपरिचित व्यक्ति प्रवेश गरेका छन्। प्रहरीका अनुसार याे घटना मे २० मा भएको थियो। प्रहरीले बिहीबार मात्रै यसबारे सार्वजनिक गरेको थियो ।
अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २३ वर्षीय आरोपीको नाम जितेन्द्रकुमार हो । उनी छत्तिसगढका बासिन्दा हुन् । २ दिनमा यस्तो खालको यो दोस्रो घटना हो ।
मे १९ मा ईशा छाबडा नामकी एक महिलाले पनि ग्यालेक्सी अपार्टमेन्टमा प्रवेश गर्ने प्रयास गरेकी थिइन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै घटनामाथि अनुसन्धान जारी छ ।
सलमानको सुरक्षामा तैनाथ प्रहरी अधिकारी सन्दीप नारायणको उजुरीमा बान्द्रा प्रहरीले एफआईआर दर्ता गरेको छ । मे २० मा बिहान ९ः ४५ बजे ग्यालेक्सी अपार्टमेन्ट भवन वरिपरि एक अपरिचित व्यक्ति घुमिरहेको देखिएका थिए ।
प्रहरीले उनलाई सम्झाएर त्यहाँबाट अन्यत्र जान भनेका थिए । तर यो सुनेर आरोपीले आफ्नै मोबाइल भुइँमा फ्याँकेर फुटाइदिए ।
ती व्यक्ति फेरि साँझ ७ः १५ बजे ग्यालेक्सी अपार्टमेन्टको मुख्य ढोकामा आए र भवनमा बस्ने एक व्यक्तिको कारमा गेटभित्र छिरे । घटनास्थलमा उपस्थित प्रहरी हवलदारहरूले तुरुन्तै पक्राउ गरे र बान्द्रा प्रहरीलाई बुझाए ।
गतवर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो । लरेन्स ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
















आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया